बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते
बैतडी । बैतडीको पाटन नगरपालिका-८ साँडीघाटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २१४ नम्बरको जिप आज बिहान साढे १० बजेतिर जय पृथ्वी राजमार्गअन्तर्गत साँडीघाटीमा दुर्घटना भएको हो ।
मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको छ । सो जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार
















