सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक



काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक केही बेर अघि मात्रै सुरु भएको हो ।

उक्त बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्