कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु, सीतारामको नेतृत्वमा निर्वाचन समिति गठन



काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु भएको छ ।

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा मंगलबार केहीबेर अघिदेखि सुरु भएको हो ।
महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन् ।

बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको छ । संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच समितिले गठन गरेर वार्ता भइरहेको बेला यता महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति गठन गरिएको हो ।

निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्