राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो ।
उनको नाम सूचीमा परेसँगै राष्ट्रपति पौडेलको नाम जोडेर आलोचना भएको थियो ।
गर्दै पोखरेलले आफूले नाम फिर्ता लिएको पुष्टि गरिन् । ‘मैले नाम फिर्ता लिएकी छु । अब पार्टी त्यसअनुसार काम गर्ला,’ उनले भनिन् ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार
















