कांग्रेसले सुशासनको मागलाई आत्मसात् गर्नुपर्छ : पन्थी



काठमाडौँ । गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा सुझाव दिएका छन् । समूहगत प्रस्तुतिको निष्कर्ष सुनाउँदै उनले कांग्रेसले सुशासनको मागलाई आत्मसात् गर्नुपर्ने बताए । उनले भने सिंहदरबारका कर्मचारीलाई सुशासनको पाठ बढाउनुपर्नेमा जोड दिए ।

उनले गगन र विश्वलाई आज कांग्रेसका कार्यकर्ताहरूले किन मागिरहेका छन् भन्ने कुरा सभापति शेरबहादुर देउवाले बुझ्नुपर्ने बताए । नीति र नेतृत्वका पहरेदारहरू सहरमा होइन गाउँमा सुधारका कदमहरू चाल्नुपर्ने जरुरी देखेको बताए । विकास र परिवेशहरू अब गाउँतर्फ लैजानु कांग्रेसको नीति हुनुपर्नेमा जोड दिनुपर्ने बताए । देशका कुनै नागरिक बिरामी परे उसले सरकारको सुविधा पाओस् भन्ने खालको वातावरण बनाउनु जरुरी रहेको बताए।

आज पहाड रित्तिएको भन्दै गाउँका युवाहरूलाई गाउँमै सीप र रोजगारी पाउने खालको शिक्षाको व्यवस्था हुनुपर्ने उनको सुझाव छ। उनले जो मन्त्री भयो उसको टोल र गाउँमा विकास हुने परिपाटी हटाउनुपर्ने भन्दै जहाँ विकास चाहिएको छ त्यहाँ हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्