‘अबकी बार-गगन सरकार’ भनेर चुनावमा जानुपर्यो : मुक्ता यादव
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ता यादवले पार्टीमा नीति र नेतृत्व परिवर्तन हुनुपर्ने बताएकी छिन् । विशेष महाधिवेशन बन्दसत्रमा आफ्नो भनाइ राख्दै उनले ‘अबकी बार गगन सरकार’ भनेर चुनावमा जानुपर्ने बताइन् ।
पार्टी महाधिवेशनलाई संस्थापन पक्षले अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले मधेशीमूलको दलितको क्लष्टरबाट पनि संसदमा जानुपर्ने व्यवस्था हुनुपर्ने बताइन्।
नयाँ सोचका साथ चुनावमा जानुपर्ने भन्दै उनले वडादेखि केन्द्रसम्म महिला सहभागिता कम्तीमा ३३ प्रतिशत हुनुपर्नेमा जोड दिइन् ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार
















