शर्मा भन्छन्- ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मनोभाव अवमूल्यन गर्नाले यो परिस्थिति सिर्जना भयो
काडमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मतलाई अवमूल्यन गर्नाले पार्टी यो अवस्थामा पुगेको जिकिर गरेका छन् ।
शर्माले विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रीय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अवमूल्यन गर्नाले आजको परिस्थिति सिर्जना भएको बताएका हुन् ।
उनले भने- ‘नेपाली कांग्रेस एउटा गम्भीर संकटको मोडमा छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रीय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभावलाई लतारेर केही पदाधिकारी र केन्द्रिय कमिटीका मानिसबाट जनताको चाहना, नागरिकको चाहना, नेता, कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशन नबोलाएपछि यो अवस्था सिर्जना भयो ।’
विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
साथै उनले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताए।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार
















