सिन्धुलीमा एसबीआई बैंक लुटपाट, गाडी चालक पक्राउ
बनेपा । नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखस्थित नेपाल एसबीआई बैंकको रकम लुटेको छ ।
६ जनाको समूहमा रहेको नकावधारी समूहले मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर फरार भएको हो ।
मंगलबार साँझ ७ बजेको समयमा नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकका अनुसार सबै लुटेरा बनेपाबाट आएका हुन् ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार
















