दुई निर्माण कम्पनी कालोसूचीमा



काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम सम्झौताअनुसार समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रक्षा मन्त्रालय, नेपाली सेना सम्भाररथी विभाग जङ्गी अड्डाकाे सिफारिसमा ओटाई इन्टरनेशनल एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो ।

यस्तै, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाको सिफारिसमा महादेव आयुष निर्माण सेवा प्रालिलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्