कांग्रेस विशेष महाधिवेशन: उपसभापतिमा तीन जनाको उम्मेदवारी, को-को छन् ?
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सकिएको छ।
आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले १३४ सदस्यीय केन्द्रीय समिति चयनका लागि परेको उम्मेदवारीको सूची बनाइरहेको छ।
उपसभापतिमा फर्मुल्लाह मन्सुर, गुरुराज घिमिरे र जगदीशनरसिंह केसीको उम्मेदवारी परेको छ। महामन्त्री र उपसभापति दुई(दुई जना रहने व्यवस्था छ।
यसअघि नै सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ भने महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।
यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।
मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी गराए ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार
















