स्कारपियोको ठक्करबाट महिलाको मृत्यु
नवलपरासी, माघ २ । नवलपरासीको देवचुलीमा स्कार्पियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बिहीबार साँझ देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
कावासोतीबाट दलदलेतर्फ आइरहेको बा१६च ४७४० नम्बरको स्कारपियोले ठक्कर दिँदा अर्याल गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा चकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
दुर्घटनामा संलग्न स्कारपियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












