देउवा समूहका नेताहरु निर्वाचन आयोगमा



काठमाडौं, माघ २ । नेपाली कांग्रेस देउवा समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

विमलेन्द्र निधिको नेतृत्वमा देउवा समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

निधिसँगै रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरु पुगेका हुन् ।

विशेष समूहमार्फत गगन–विश्व समूहले नयाँ कार्यसमिति चयन गरेपछि काँग्रेसमा आधिकारिकताको विवाद उत्पन्न भएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्