टासीलाई समानुपातिक बन्दसूचीबाट हटाएपछि रास्वपा कार्यालयअघि प्रदर्शन



काठमाडौँ, माघ ३ । टासी लाजोम शेर्पालाई समानुपातिक बन्दसूचीबाट हटाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयअघि विरोध प्रदर्शन गरिएको छ ।

हुम्ला र मुगुका पार्टी सभापतिको नेतृत्वमा कार्यकर्ताहरुले केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरिरहेका हुन् ।

शेर्पालाई भूराजनीतिक कारण देखाउँदै रास्वपाले बन्दसूचीबाट हटाएको थियो । उनले आफू तिब्बती नरहेको र त्यससँग कुनै साइनो पनि नरहेको भन्दै रास्वपाको निर्णयमा आपत्ति जनाउँदै आएकी छिन् ।

उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्