महिला टी–२० विश्वकप छनोट : नेपाल आज थाइल्याण्डसँग भिड्दै
काठमाडौं, माघ ४ । नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ ।
नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा पहिलो खेल थाइल्याण्डसँग खेल्दैछ ।
नेपाली टोलीकी कप्तान इन्दु वर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै यसपटक कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने दाबी गरिन् ।
प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् । यीमध्ये नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकी टोलीसँग अभ्यास खेलसमेत खेलेको छ ।
नेपाल र थइल्याण्डको खेल आइतबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार
















