अकालमै ज्यान गुमाएका भरत साउदको परिवारलाई परिवर्तनशील युवा क्लबले गर्‍यो आर्थिक सहयोग



अछाम । चौरपाटी गाउँपालिका–१ स्थित परिवर्तनशील युवा क्लबले अकालमै ज्यान गुमाएका भरत साउदको परिवारलाई आर्थिक सहयोग गरेको छ।

क्लबले केही दिनअघि निधन भएका २४ वर्षीय साउदको परिवारलाई सहयोग स्वरूप ११ हजार १५५ रुपैयाँ प्रदान गरेको हो।

आइतबार क्लबका प्रतिनिधिहरू मृतक साउदको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्।

साउदको असामयिक निधनपछि उनका दुई सन्तान र परिवार गम्भीर आर्थिक संकटमा परेका छन् ।

परिवर्तनशील युवा क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगका कार्यक्रम निरन्तर गर्दै आइरहेको जनाएको छ।

क्लबका अनुसार सहयोग रकम देउसी–भैलोबाट संकलन गरिएको तथा सदस्यहरूको मासिक बचतबाट जुटाइएको हो।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्