सभापति गगन थापाले भने- आज दिनभरीमा उम्मेदवारी टुंग्याउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताएका छन्।
सभापति थापाले एक भिडियो सन्देश जारी गर्दै समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको र आज दिनभरीमा उम्मेदवार टुंग्याउने जानकारी दिएका हुन्।
उनले भनेका छन्- ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ, समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ। भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ। यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’
भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एक ढिक्का भएर लाग्न पनि उनले आग्रह गरे।
साथै सभापति थापाले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा केही कुरा नराखी सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार







