विप्लवसहित नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का शीर्ष नेताहरूले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् ।

आज बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो ।

सो पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’ का अनुसार, अन्य नेताहरूको हकमा भने चुनावमा जान कुनै रोक लगाइएको छैन ।

यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने बताएका थिए । पार्टीको निर्णयअनुसार अब विप्लवले रोल्पामा उम्मेदवारी नदिने भएका छन् ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्