रेनुले दिइन् पदबाट राजीनामा, चितवन–३ बाट उम्मेदवारी दिने तयारी



चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् ।

भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा दुई कार्यकालको जिम्मेवारी सम्हालेकी दाहालले चितवन क्षेत्र नं।३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन् ।

उनी आज मध्यान्ह १२ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्