कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईंले दिए राजीनामा, बालेनलाई सघाउने



दमक । नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीको जिम्मेवारी राजीनामा दिएका छन् ।

उनले झापा ५ बाट रास्वपाका उम्मेदवार बनेका बालेन साहलाई सघाउने भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका हुन् ।

लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका प्रसाईँले रास्वपा प्रवेश गर्दै अबको आफ्नो यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा परिवर्तन ल्याउनका लागि हुने समेत बताए ।

प्रसाईं हाल दमक नगरपालिकाकी उपमेयर रहेकी रेगिना भट्टराईका श्रीमान् पनि हुन्।

उनले बालेनलाई विजयको अग्रिम शुभकामना दिँदै भने- ‘काठमाडौं महानगरका निवर्तमान मेयर बालेन साहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।’

बालेनले मनोनयन दर्ता स्थलमै प्रसाईंलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्