न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँको आकाश धुम्म, तस्बिरहरू



काठमाडौँ । नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेकाले काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।

आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्