नेकपा एमाले र प्रलोपाबीच चुनावी तालमेल, यस्तो छ तीनबुँदे सहमति पत्र



काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेल भएको छ ।

दुई पार्टीबीच आइतबार तीनबुँदे सहमति भएको हो ।

उक्त सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन् ।

जसअनुसार प्रलोपा रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा एमालेले मतदान गर्नेछ ।

त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेक जिल्ला र पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा नेकपा एमालेका उम्मेदवारहरुका पक्षमा प्रलोपाले मतदान गर्नेछन् ।

दुवै पक्षले मतदानका लागि आ–आफ्ना पक्षलाई आवश्यक निर्देशन दिने समेत सहमति भएको छ ।

त्यस्तै रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावी मैदानमा उत्रिएका छन् । त्यहाँ एमालेले प्रलोपालाई साथ दिएको हो ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्