सुनचाँदीको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेर तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला तीन लाख ३ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार
















