मधेश झरे कांग्रेस सभापति गगनकुमार थापा, सिमरा विमानस्थलमा भब्य स्वागत



सिमरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्।

भावी प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिएका गगन सोमबार पहिलोपटक मधेश पुगेका हुन् ।

यसअघि वारेसमार्फत् मनोनयन दर्ता गरेका गगनले नै सर्लाही–४ का नेताहरुसँग काठमाडौंमा निरन्तर भेटघाट गरेका थिए । तर आज उम्मेदवार बनेपछि बाराको सिमरा विमानस्थल पुग्दा सर्लाही, बारा लगायत तराईका जिल्लाबाट सभापति थापाको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरुको ठूलो भीडभाड देखिएको थियो ।

थापा सर्लाही जाने भएसँगै ‘अबकी बार गगन सरकार’ भन्दै नारा समेत लगाएका छन् । थापाले काठमाडौं क्षेत्र नं ४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन् ।

सर्लाही ४ मा यसअघि स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले चुनाब जितेका थिए । केहिदिन अघि मात्रै रास्वपा प्रवेश गरेका अमरेश कुमारले यो पटक पनि सोहि क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्