गगन थापा भन्छन्- मधेश काँग्रेसको जन्मभूमि हो, तर हामीले न्याय गर्न सकेनौँ



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली काँग्रेसको जन्मभूमि भएको जिकिर गरेका छन्।

बुधबार सर्लाही-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको जन्मभूमि मधेशले पार्टीलाई ठूलो गुन लगाए पनि आफूहरुले न्याय गर्न नसकेको बताएका हुन् ।

कांग्रेसलाई मधेशले नै जन्माएको, हुर्काएको र बलियो बनाएको उनको तर्क छ ।

उनले भनेका छन्- ‘मधेश कांग्रेसको जन्मुभूमी हो । कांग्रेसलाई बनाएको, कांग्रेसलाई सम्हालेको, कांग्रेसलाई हुर्काएको, कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो । यसैले टिकाएको हो । तर कांग्रेसले के बुझ्नुपथ्र्यो भने यो त हाम्रो जननी हो, यो त हाम्रो आमा हो । हामी हो यसको जेठो छोरा, हामी हो यसको जेठो छोरी । हामीले गर्नुपर्छ यसको सेवा, हामीले पूरा गर्नुपर्छ यहाँको माग भन्दै हामीले जिम्मेवारी उठाउनुपर्ने थियो तर कहीँ न कहीँबाट त्यो चुक हामीबाट भयो ।’

यी सबै काम मधेशले कांग्रेसका लागि गरे पनि कांग्रेसले भने गल्ती कमजोरीहरु गरेको स्वीकार गरे ।

उनले विगतमा भएका कमजोरी गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको बताए ।

उनले भने- ‘विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्‍यौँ । ती गल्ती सुधार गर्ने संकल्पसहित हामी मधेश आएका हौँ ।’

‘५ वर्षको समय नेपालको आर्थिक समृद्धिको समय हुनुपर्नेमा जोड दिँदै त्यसो समय नेपालले खेर फाल्न नहुने समेत उनको भनाइ थियो ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्