लोकतन्त्रको रक्षा गर्ने हो भने कांग्रेसमाथि विश्वास गर्नुस्: डा.सुनिल शर्मा
मोरङ । नेपाली कांग्रेसका नेता एवम मोरङ क्षेत्र नं –३ का प्रतिनिधि सभा उम्मेदवार डा.सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न कांग्रेसमाथि नै विश्वास गर्नुपर्ने बताएका छन् ।
निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित हुने र बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्ने बताए ।
शर्माले भने- ‘लोकतन्त्रको रक्षा गर्ने हो भने हामीलाई नै विश्वास गर्नुस्। हामीले बदलिएको कांग्रेस लिएर आएका छौँ । नयाँ, बदलिएको र नयाँ भिजनसहित आएको कांग्रेसलाई तमाम नेपाली जनताले पत्याउनुपर्छ। पत्याउनुभएन भने देश भड्खालोमा जान्छ । सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने स्वतन्त्र न्यायालय लोकतन्त्रको पाँच पिल्लरमध्ये एउटा हो । ‘
साथै मोरङ–३ मा आफूलाई अत्यधिक मत दिएर विजयी गराउने कुरामा उनी पूर्ण विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार
















