१३ हजार ४०० सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्