ललितपुरमा एमालेबाट निर्वाचित ३ वडा सदस्य कांग्रेस प्रवेश
ललितपुर । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट जितेका तीन वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा गोदावरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य रमेश विष्ट, विसंखु नारायणका वडा सदस्यद्वय प्रवीणकुमार विष्ट र रञ्जन विष्ट छन्।
कांग्रेस प्रवेश गरे लगत्तै उनीहरूलाई चुनाव परिचालन समितिको सदस्यमा मनोनयन गरिएको नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दरमान थिङले जानकारी दिए ।
रमेश विष्ट एमालेका पूर्व ललितपुर जिल्ला सदस्यसमेत हुन् । उनीहरूलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार उदयशमशेर राणाले निर्वाचनपछि पार्टीमा उचित जिम्मेवारी दिने बताए ।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार
















