चुनावबारे छलफल गर्न राजपा नेता भारतीय दूतावासमा


 


काठमाडौं, वैशाख १३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर स्थानीय तहमा सघाउने प्रतिवद्धता गरे गलत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन् ।

स्रोतका अनुसार नेता महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव र शरदसिंह भण्डारी साँझ ६ बजे लैनचौरस्थित दूतावास पुगेका हुन् ।

त्यहाँ उनीहरू र भारतीय राजदूत मञ्जिब सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताको भनाईमा छलफल स्थानीय तहमा केन्द्रित थियो ।

छलफलका क्रममा सहमति अनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन राजदूत पुरीले आग्रह गरेको स्रोतको भनाई छ । नागरिक

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्