नगरपालिका र गाउँपालिकामा लगाइएको तालाबन्दी खोलियो



राजविराज, वैशाख १४

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको अनिश्चितकालीन तालाबन्दी बुधबारदेखि खुलेको छ ।

स्थानीय तह पुनर्संरचनाको विषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोलिएको राष्ट्रिय जनता पार्टीका नेता गजेन्द्र मण्डल (अनुराग)ले बताउनुभयो ।

त्यस्तै, सरकारले कुनै कारणवश पुनः बेइमानी गरेमा मोर्चाले तालाबन्दीभन्दा पनि सशक्त आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मोर्चा, सप्तरीका संयोजक दिनेशकुमार यादवले विज्ञप्तिमार्फत चेतावनी दिनुभएको छ ।

सरकारले जनसङ्ख्याका आधारमा स्थानीय तह निर्माण नगरेको र स्थानीय तहको पुनर्संरचना गरी सङ्घीयतालाई नै खतम गर्ने खेलमा लागेको भन्दै मोर्चाले सप्तरीका सबै स्थानीय निकायअन्तर्गतका नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा गत चैत ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News