सांसद हर्क साम्पाङ दुर्घटनामा परेर घाइते, कस्तो छ अवस्था ?



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्घटनामा परेर घाइते भएका छन् । घटनाबारे पार्टीका नेता सुदन किरातीले बिहीबार जानकारी दिएका हुन् ।

किरातीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार दुर्घटनामा साम्पाङलाई सामान्य चोटपटक लागेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । हाल उनी आफ्नो दैनिक गतिविधिमा सामान्य रूपमा सक्रिय रहेको पनि जनाइएको छ।

उनले पार्टी पंक्ति तथा समर्थकहरूलाई अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै अध्यक्ष साम्पाङको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

‘हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकाले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ। सबैलाई धेरै चिन्ता नगर्न अनुरोध गर्दछु।”

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्