प्रतिनिधिसभा निर्वाचन: दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए



काठमाडौँ १७ फागुन । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातर्फ मतदाता जानेक्रम जारी छ । 

निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीवाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताउनुभयो । 

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्