कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं, फागुन १८ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ।
तराई भूभागका केही स्थानहरूमा तुवाँलो रहको छ भने गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको भइरहेको छ ।
आज तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग सहित बाँकी हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी र हिमाली भूभाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार
















