जाँदाजाँदै प्रधानन्यायाधीशको फैसला : सुडान घोटालाका तीन पूर्व आइजिपीलाई जेल



काठमाडौं, बैशाख १७

सर्वोच्च अदालतले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको छ ।

सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले प्रहरी बन्दोबस्तीको सामान खरिदको क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचार मुद्दामा अन्तिम फैसला सुनाएको हो ।

अदालतको फैसलामा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ ।

तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ ।
अन्य आरोपीलाई सर्वोच्चले सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News