बस र स्कुटर ठोक्किँदा पूर्वसैनिकको मृत्यु



रामेछाप, फागुन २१ । सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गोलन्जोर गाउँपालिका–२ बित्तिजोरका चन्द्र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुई वर्षअघि नेपाली सेनाबाट पेन्सन लिएर अवकाश प्राप्त गरेका श्रेष्ठले धुराबजार क्षेत्रमा साबुन उद्योग सञ्चालन गर्दै आएका थिए ।

परिवारका अनुसार श्रेष्ठ आज मतदान गर्न गाउँ जाँदै थिए । सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो ।

दुर्घटनापछि श्रेष्ठको शव हाल सिन्धुली अस्पतालमा राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्