दोलखाको मालु मतदानस्थलमा हवाई फायर



दोलखा, २१ फागुन । दोलखाको मालु मतदानस्थलमा विवाद हुँदा हवाई फायर भएको छ ।

मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।

उनका अनुसार निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । प्रहरीले स्थिति सामान्य बनाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्