शान्तिपूर्ण निर्वाचन गराएकोमा ओलीले सरकार र आयोगलाई दिए धन्यवाद



काठमाडौं २१ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर शान्तिपूर्ण मतदान भएको भन्दै सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

ओलीले निर्वाचनको सुरक्षा र निष्पक्षतामा प्रश्न उठाउँदै आएका थिए ।

विहीवार राती वक्तव्यमार्फत ओलीले भनेका छन्- देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका अपूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद। निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि धन्यवाद ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्