हात्तीको आक्रमणमा एक जनाको मृत्यु
मोरङ, फागुन २२ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिंक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो ।
बिहीबार साँझ घाँसदाउरा लिएर जंगलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो ।
तामाङको शव बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुदायिक वन क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार
















