चितवन–२ मा लामिछाने झण्डै दोब्बर बढी मतले अघि, एमाले पछ्याउँदै



भरतपुर, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले प्रतिस्पर्धी उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अघि छन् ।

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३ हजार २६५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहेका छन् । उनले १ हजार ५१९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रताप गुरुङले १ हजार २६० र नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले १ हजार ९४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्