रुकुमपूर्वमा प्रचण्ड फराकिलो मतान्तरले अगाडि
रुकुमपूर्व, फागुन २२ । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अगाडि छन् ।
प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार
















