रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा–१ मा मतगणना हुन सकेन



जनकपुरधम । रास्वपाको उम्मेदवार खारेज भएको धनुषा–१ मा विवाद हुँदा मतगणना सुरु हुन सकेको छैन । रास्वपामा खसेको मतबारे विवाद भएपछि मतगणना सुरु हुन नसकेको हो ।

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो । विरुद्धमा साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यद्यपि साहको उम्मेदवारी खारेजी भएको कारण घन्टी चिह्नमा परेको मतलाई सदर वा बदर के मानेर गणना गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग सुझाव माग गरेको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्