रास्वपाले खाता खोल्यो, रञ्जु दर्शना विजयी
काठमाडौं, फागुन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी सुरुवात गर्दै खाता खोलेको छ ।
काठमाडौं १ बाट रञ्जु दर्शना विजयी भएकी छन् । उनले १५ हजार ४५५ मत पाएकी छन् ।
यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।
दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
यता क्षेत्र नम्बर ८ बाट विराजभक्त श्रेष्ठको जित निश्चित भएको छ । केही मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार
















