झापा–५ मा ओलीभन्दा बालेन साढे २५ हजार मतले अगाडि



झापा, फागुन २३ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन (बालेन्द्र) शाहले मतान्तर झन फराकिलो बनाइरहेका छन् ।

बालेनले अहिलेसम्म ३४ हजार ८६३ मत प्राप्त गर्दा उनका मुख्य प्रतिष्पर्धी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत ल्याएका छन् । यो २५ हजार ७९५ को मतान्तर हो ।

यस्तै श्रम सँस्कृति पार्टीका समिर तामाङले ५ हजार ६४५, नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ९७४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ८६२ र राप्रपाका लक्ष्मी संग्रौलाले ७७९मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्