चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी



चितवन, फागुन २३ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछाने भारी मतले विजयी भएका छन् ।

रास्वपा सभापति लामिछाने ५५ हजार ४०२ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लामिछानेले दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मिना कुमारी खरेललाई ३९ हजार ८३८ मतले पछि पारे । खरेलले १४ हजार ५६४ मत ल्याइन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याए भने नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत पाए ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्