म्याग्दीबाट महावीर पुन भारी मतले विजयी
काठमाडौँ, फागुन २३ । म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन भारी मतले विजयी भएका छन् । पुन २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६८३ मत प्राप्त गरे ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार
















