भत्कियो नेमकिपाको किल्ला, भक्तपुर–१ मा रास्वपा विजयी
भक्तपुर, फागुन २३ । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा रहेको भक्तपुर १ मा रास्वपा विजयी भएको छ ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् । उनले ३३ हजार ४३६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी प्रेम सुवालले २८ हजार १४७ मत पाए ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए भने एमालेका सोमप्रसाद मिश्र ३ हजार ७२१ मत प्राप्त गरे।
यसअघि यस क्षेत्रमा नेमकिपाका सुवालले निरन्तर जित्दै आएका थिए ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार
















