सुदूरपश्चिममा एमालेले खाता खोल्यो, बझाङबाट महर विजयी



बझाङ, फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खाता खोलेको छ ।

बझाङमा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् । महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मीनबहादुर कुँवरले ९ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरे ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्