समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए ?
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाइसकेको छ । रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ ।
त्यसैगरी दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथौ भएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ ।
यस्तै, पाँचौ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।
यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरु भने यसपट निकै पछि परेका छन् ।
समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ । अब केही मतगणना मात्रै बाँकी रहेको छ ।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार
















