इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाइने



एजेन्सी । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ ।

यसमा सबैभन्दा धेरै अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट तेल निकासी आगामी सातादेखि सुरु हुने र करिब १२० दिनभित्र बजारमा पठाइने अमेरिकाको ऊर्जा विभागले जनाएको छ ।

मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित भएको छ । तेल मूल्यको आकासिएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्