कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, चैत्र ९ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भु–भागमा साधारणतया र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केहि स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भु–भागका थोरै स्थानहरूमा भने मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशको पहाडी र हिमाली भू–भागमा साधारणतया र तराई भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्