दार्चुलामा भूकम्पको धक्का
काठमाडौं, चैत्र ९ । दार्चुलामा सोमबार विहानै भूकम्प गएको छ ।
दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर बिहान ३ बजेर ५१ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार
















